सर्वदलीय बैठक जारी

काठमाडौं । नजिकिँदो स्थानीय तहको निर्वाचनबारे निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ । स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनमा प्रतिनिधित्व गर्ने दलसँग आयोगले आज छलफल सुरु गरेको हो ।
निर्वाचन आयोगको कार्यालय कान्तिपथमा जारी छलफलमा १८ राजनीतिक दल प्रत्येकबाट दुई–दुई प्रतिनिधि सहभागी छन् । छलफलमा आयोगले निर्वाचनको तयारीमा अहिलेसम्म गरेको प्रगति र दलीय सुझाव लिइरहेको छ ।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा तोकिएपछि अब आयोगले तयारीलाई तीव्र बनाउने तयारी गरेको छ ।
पछिल्लो समय निर्वाचन आयोगले मतपत्रको रङ हरियो बनाउने निर्णय गरेसँगै एमालेले आपत्ति जनाएको छ । यस अघि मतपत्र र स्वस्तिक छाप दुवै निलो भएको हुँदा मतगणनामा अप्ठ्यारो भएको भन्दै आयोगले यसपटकदेखि मतपत्र हरियो र स्वस्तिक छाप निलो हुने गरी तयारी गरेको जनाएको छ ।
तर कांग्रेसलाई सहज हुने गरी निर्णय आएको भन्दै एमालेले आपत्ति जनाएको छ ।
आजको बैठकमा मतपत्र हरियो बनाएकोबारे पनि छलफल भइरहेको छ ।
आयोगले निर्वाचनमा भएको तयारी र दलहरूका सुझाव र गुनासो सुन्न पनि छलफल गर्न खोजिएको जनाएको छ ।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया