लद्दाख सीमा विवाद सुल्झाउन १५ औं चरणको वार्ता
काठमाडौं । भारत र चीनबीच पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखामा जारी रहेको सीमा विवाद सुल्झाउन शुक्रबारदेखि १५ औं चरणको वार्ता हुँदैछ ।
यी दुई देशबीच करिब २२ महिनादेखि पूर्वी लद्दाखमा टकरावको स्थिति बनेको छ । वास्तविक नियन्त्रण रेखाको भारतीय क्षेत्रमा पर्ने चुसुल मोल्दो सीमामा कमाण्डरस्तरीय वार्ताका लागि बिहान १० बजेको समय तोकिएको थियो ।
पेट्रोलिङ प्वाइन्ट–१५ मा भएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल हुने भारतीय सञ्चारमाध्यामले जनाएका छन् । यसअघि १२ जनवरी १४ औं वार्ता भएको थियो तर सकारात्मक निष्कर्ष निस्किएन ।
दुवैपक्षले जारी गरेको संयुक्त विज्ञप्तिमा सैन्य एवं कुटनीतिक माध्यामबाट छलफल जारी राख्ने र छिटोभन्दा छिटो समस्याको समाधान खोज्ने सहमति जनाएका थिए । प्याङगोङ क्षेत्रमा भारत र चिनियाँ सेना ५ मे २०२० देखि गतिरोध सुरु भएको थियो । विवाद बढेपछि दुवै देशले त्यस इलाकामा सेनाको संख्या बढाएका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया