पल शाहका व्यवस्थापक कृष्ण जोशी पक्राउ
काठमाडौं । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहका व्यवस्थापक कृष्ण जोशी पक्राउ परेका छन् । उनलाई तनहुँ प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
नाबालिग बलात्कारको आरोपी शाहका लागि मतियारको काम गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जोशीलाई पक्राउ गरेर जिल्ला अदालत तनहुँबाट सात दिनको म्यादसमेत लिइएको छ ।
जोशीले नाबालिग गायिकाविरुद्ध विभिन्न अफवाह फैलाएकाले उनलाई पक्राउ गर्नुपरेको तनहुँ प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया