NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न राष्ट्र संघको आग्रह

जेनेभा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन् । अन्तरराष्ट्रिय कानूनको स्पष्ट उल्लंघननलाई रोक्न अन्तरराष्ट्रिय सहयोग र ऐक्यबद्धताको निम्ति पनि उनले आह्वान गरेका हुन् ।

संयुक्त राष्ट्र संघको महासभामा अन्तरराष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । रुस-युक्रेन युद्धलाई उद्धृत गर्दै गुटेरेसले शान्ति सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक हित भएको र यसलाई सहयोग पुर्‍याउन संयुक्त राष्ट्र संघको स्थापना भएको पनि बताए ।