कीर्तेको आरोपमा वडाध्यक्ष पक्राउ
संखुवासभा । प्रहरीले जग्गा जालसाजीको आरोपमा भोटखोला गाउँपालिका–४ का वडाध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ । जग्गा जालसाजीको आरोपमा भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
भोटेसहित सात जनालाई जग्गा कीर्ते गरेको आरोप लागेको छ । भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उनीहरूले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाइफकाइ गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ ।
मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा रु एक लाख दिएर पास गरेको बताइएको छ । पक्राउ परेका आरोपीलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रनाउ सुवेदीले जानकारी दिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया