ब्राउनसुगरसहित दुई पक्राउ
बनियानी । झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित शनिबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१२ का ४५ वर्षीय कुमार राजवंशी र अर्जुनधारा–४ भाङबारीका ३६ वर्षीय रेसबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
राजवंशीलाई शनिबार इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेऊबाट चार ग्राम ब्राउनसुगरसहित र सार्कीलाई सोही दिन अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले घरमै दुई ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया