रुसी सेना युक्रेनको राजधानी किएभनजिक पुगे
किएभ । रुसले १७ दिनदेखि युक्रेनमाथि लगातार आक्रमण जारी राखेको छ । किएभबाट मात्रै २५ किलोमिटर टाढा रसियाली सेना पुगेका छन् । उसले किएभ आक्रमणका लागि चारैतर्फ सेना तैनाथ गरेको बिबिसी समाचारमा उल्लेख छ ।
चेर्निहिब, खार्किभ, मरिउपोल र सुमी सहरमा पनि रुसी सेनाले घेराबन्दी गरिएको र व्यापक गोलाबारी गरिएको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ ।
युद्ध लम्बिँदै जाँदा युक्रेनभित्र मानवीय संकट चुलिँदै गएका छन् । मरिउपोलका नागरिकले बिना बिजुली चिसो तापक्रममा सीमित खाना र पानीले दैनिक गुजारिरहेको बिबिसीले लेखेको छ ।
युद्धविराम गर्न रुसलाई अन्तराष्ट्रिय समुदायले आग्रह गर्दै आए पनि रुसले युक्रेनले आत्मसमर्पण गर्नुपर्ने सर्त राख्दै आइरहेको छ । युक्रेन भने रुसविरुद्ध झुक्ने पक्षमा छैन ।
जर्मन चान्सलर ओलाफ सोल्ज र फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा तत्काल युद्धविराम गर्न आग्रह गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया