यी हुन् नेपालका उत्कृष्ट सात नगरपालिका

काठमाडौं । नेपालभरका उत्कृष्ट सात नगरपालिका घोषणा भएका छन् । नगरपालिका संघले नगरपालिकाको कामको मूल्यांकन गर्दै विभिन्न विधाका सात उत्कृष्ट नगरपालिका छानेको हो । संघको २९ वार्षिक साधारण सभाबाट सात उत्कृष्ट नगरपालिकालाई सम्मान गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट बनेका नगरपालिकालाई सम्मान गरेका छन् ।
संस्थागत विकासतर्फ उत्कृष्ट हुनेमा स्याङजाको वालिङ र पुतलीबजार नगरपालिका छन् ।
सहरी योजना र विपद् व्यवस्थापनको उत्कृष्टमा धादिङको नीलकण्ठ नगरपालिका परेको छ ।
स्थानीय आर्थिक विकासमा सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट बनेको छ ।
वातावरण तथा उत्थानशीलतामा इलामको इलाम नगरपालिका उत्कृष्ट भएको छ । सामाजिक विकासतर्फ उत्कृष्ट बन्नेमा रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका परेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सबैभन्दा नजिकको सरकार भएको पनि बताए । स्थानीय तहलाई स्थानीय सरकार भन्न पनि कुनै आपत्ति नहुने उनको भनाई थियो ।
ताजा अपडेट
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
प्रतिक्रिया