यस्तो आयो आरोपित पल शाहको बयान
काठमाडौं । एकजना नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहले घटनाबारे बयान दिएका छन् ।
उनले बुधबार नवलपरासीको कावासोतीमा सरकारी वकिलसँग बयान दिने क्रममा आफूले नाबालिग गायिकासँग शारीरिक सम्पर्क नगरेको बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।
यद्यपि, शाहले गायिकाको कोठामा गएको भने स्वीकारेका छन् । उनले नाबालिगलाई गुड् नाइट भन्न ढोकाढक्ढ्काएको बयान दिएका छन् ।
‘हामी सुटिङमा क्रममा यहाँ भेटिएका हौँ । राति सुत्ने बेला म गुड नाइट भन्न गायिकाको ढोकासम्म पुगेको हुँ । जबरजस्ती गरेको होइन, ’, शाहको बयान उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘होटेलको १०१ नम्बर कोठामा म र गायिका १०२ नम्बर कोठामा बसेकी थिइन् ।!
अभिनेता शाहविरुद्ध नाबालिग गायिकाका बुवाले गत फागुन ११ गते तनहुँको दमौलीमा मुद्दा हालेका थिए । उनी १५ गते पक्राउ परेका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया