NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते
नाबालिग गायिका बलात्कार प्रकरण :

यस्तो आयो आरोपित पल शाहको बयान

काठमाडौं । एकजना नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहले घटनाबारे बयान दिएका छन् ।

उनले बुधबार नवलपरासीको कावासोतीमा सरकारी वकिलसँग बयान दिने क्रममा आफूले नाबालिग गायिकासँग शारीरिक सम्पर्क नगरेको बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।

यद्यपि, शाहले गायिकाको कोठामा गएको भने स्वीकारेका छन् । उनले नाबालिगलाई गुड् नाइट भन्न ढोकाढक्ढ्काएको बयान दिएका छन् ।

‘हामी सुटिङमा क्रममा यहाँ भेटिएका हौँ । राति सुत्ने बेला म गुड नाइट भन्न गायिकाको ढोकासम्म पुगेको हुँ । जबरजस्ती गरेको होइन, ’, शाहको बयान उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘होटेलको १०१ नम्बर कोठामा म र गायिका १०२ नम्बर कोठामा बसेकी थिइन् ।!

अभिनेता शाहविरुद्ध नाबालिग गायिकाका बुवाले गत फागुन ११ गते तनहुँको दमौलीमा मुद्दा हालेका थिए । उनी १५ गते पक्राउ परेका थिए ।