डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई पक्राउ
काठमाडाैं । डेढ वर्षीया नाबालिककको बलात्कार पछि हत्या गरेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दर हरैचा नगरपालिका वडा नम्बर ७ बस्ने २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । फागुन २७ गते मोरङको बेलबारीकी डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको थियो । प्रहरीका अनुसार बालिकालाई शरिरमा चोट लागेको अवस्थामा साढे ६ बजेतिर मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७, गणेशपुरमा वनमारा, बयर घारीमा भेटिएकी थिइन्।
त्यसपछि उनलाई गछियास्थित स्थानीय अस्पतालमा लगिएको थियो । थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा भोलिपल्ट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालिकालाई घरमा एक्लै भएको देखेपछि बच्चालाई वनामारा झाडीमा पुर्याएर बलात्कार गरी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया