अमेरिकी पत्रकार तथा फिल्म निर्माताको युक्रेनमा हत्या
काठमाडौं । युक्रेनमा एक अमेरिकी पत्रकार तथा फिल्म निर्माता मारिएका छन् । अरू दुई पत्रकार घाइते छन् ।
ब्रेन्ट रेनाउड नाम गरेका ५० वर्षीय पत्रकार किभभन्दा बाहिर इरपिन शहरमा मारिएका हुन् । उनी न्युयोर्क टाइम्समा काम गरिसकेका पत्रकार हुन् । ब्रेन्ट अरू दुई साथीहरूसँगै देश छाडेका शरणार्थीतर्फ गइरहेका थिए ।
उनी त्यो क्षेत्रमा केही समयदेखि कार्यरत रहेको बिबिसीले जनाएको छ ।
किभका प्रहरी प्रमुख एन्ड्री नेभिटोभले उनी रसियन सेनाको निशानामा परेको जनाएका छन् ।
घटनामा अरू थप दुई पत्रकार घाइते छन् । उनीहरूलाई अस्पताल लगिएको छ ।
शरणार्थीबारे जानकारी लिन कारमा सवार पत्रकारहरूलाई इरपिनको पुल तर्न कसैले आग्रह गरेको थियो । लगत्तै उनीहरूमाथि आक्रमण भएको घाइतेमध्येका एक पत्रकार जन अरेण्डोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनका अनुसार ब्रेन्ट रेनाउडलाई घाँटीमा गोली लागेको थियो ।
‘कसैले हामीलाई अर्को पुलमा लैजान प्रस्ताव गर्यो र हामीले एउटा चेकपोइन्ट पार गर्यौं,’ घाइते पत्रकार अरेण्डोले भनेका छन्, ‘र तिनीहरूले हामीमाथि गोली हान्न थाले। गोली चलेपछि चालक पछाडि फर्के । यो क्रममा रेनाउडलाई घाँटीमा गोली लागेको देखें।’
रुसले दुई सातादेखि युक्रेनविरुद्ध लगातार हमला गरिरहेको छ । आक्रमणमा विदेशी पत्रकार मारिएको यो पहिलो घटना हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया