रुसलाई आर्थिक वा सैन्य सहायता नगर्न चीनलाई अमेरिकाको चेतावनी
काठमाडौं । रुसलाई कुनै पनि आर्थिक वा सैन्य सहायता नगर्न अमेरिकाले चीनलाई चेतावनी दिएको छ ।
रुसले चीनसँग सहायता मागिरहेको दाबी अमेरिकी अधिकारीले सञ्चार माध्यममा गरिरहेका बेला अमेरिकाले त्यसो नगर्न चेतावनी दिएको हो ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई पश्चिमा प्रतिबन्धहरूबाट जोगाउने प्रयास बेइजिङले गर्न नहुने बताएका छन् ।
रसिया–युद्धमा चीन अहिलेसम्म तटस्थ छ । उसले निरन्तर आफूहरू शान्तिको पक्षमा रहेको जनाउँदै आएको छ ।
यही विषयमा संवाद गर्न उनले सोमबार चीनका वरिष्ठ विदेश नीति अधिकारी याङ जेइचीसँग रोममा भेटवार्ता गर्दैछन् ।
बिबिसीका अनुसार, वाशिंटनस्थित चिनियाँ दूतावासका प्रवक्ता मस्कोले रुसले हतियार मागेकोबारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया