अमेरिकी राष्ट्रपति बाइडेन र फ्रान्सेली राष्ट्रपति म्याक्रोँबीच युक्रेन–रुस युद्धबारे छलफल
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग जारी युक्रेन-रुस युद्धबारे छलफल गरेका छन् ।
दुवै नेताहरूले पछिल्लो समय विकसित कूटनीतिक संलग्नताहरूको समीक्षा गर्नुका साथै रुसलाई जवाफदेही बनाउने र युक्रेन सरकार र जनतालाई समर्थन गर्ने आ-आफ्ना प्रतिबद्धतालाई पुनः जोड दिएका छन् ।
राष्ट्रपति बाइडेनले आज फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँसँग रूसको युद्ध फेरि छलफल गर्नुभएको ह्वाइट हाउसको विज्ञप्तिमा जनाइएको छ। गत फेब्रुअरी २४ मा रुसले युक्रेन विरुद्ध विशेष सैन्य कारबाही सुरु गरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया