ओस्कार अवार्ड विजेता अमेरिकी अभिनेता विलियमको निधन

काठमाडौं । ओस्कार अवार्ड विजेता अमेरिकी अभिनेता विलियम हर्टको मृत्यु भएको छ । ७१ वर्षका विलियम सन् १९८० को दशकमा नाटक हुँदै मार्वल चलचित्रमा अभिनय गरेका थिए ।
उनले ब्राजिली कैदीको भूमिका खेलेको ‘किस अफ द स्पाइडर वुमेन’ फिल्मका लागि सन् १९८६ मा ओस्कार अवार्ड जितेका थिए । उनको मृत्यु प्राकृतिक रुपमै भएको र परिवारले गोपनियता चाहेको उनका छोरा विलले बताएको हलिउड वेभसाइट डेडलाइनले जनाएको छ ।
उनले सन् १९७० देखि अभिनय सुरु गरेका थिए । उनले सन् २०१८ मा आफूलाई प्रोस्टेट क्यान्सर भएको बताएका थिए । हालका वर्षमा उनलाई पाँच मार्वल ब्लकबस्टहरुमा जनरल थडियस थन्डरबोल्टको रुपमा चिनिन्छ ।
ताजा अपडेट
-
संघीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेश
-
नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार
-
गाउँ विकास समितिका अध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
देशका अधिकांश स्थानमा मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने
-
प्रधानमन्त्री ओलीले भने-‘निष्पक्षता कायमका लागि लोक सेवा आयोगको जनविश्वास प्रबल छ’
प्रतिक्रिया