ओस्कार अवार्ड विजेता अमेरिकी अभिनेता विलियमको निधन
काठमाडौं । ओस्कार अवार्ड विजेता अमेरिकी अभिनेता विलियम हर्टको मृत्यु भएको छ । ७१ वर्षका विलियम सन् १९८० को दशकमा नाटक हुँदै मार्वल चलचित्रमा अभिनय गरेका थिए ।
उनले ब्राजिली कैदीको भूमिका खेलेको ‘किस अफ द स्पाइडर वुमेन’ फिल्मका लागि सन् १९८६ मा ओस्कार अवार्ड जितेका थिए । उनको मृत्यु प्राकृतिक रुपमै भएको र परिवारले गोपनियता चाहेको उनका छोरा विलले बताएको हलिउड वेभसाइट डेडलाइनले जनाएको छ ।
उनले सन् १९७० देखि अभिनय सुरु गरेका थिए । उनले सन् २०१८ मा आफूलाई प्रोस्टेट क्यान्सर भएको बताएका थिए । हालका वर्षमा उनलाई पाँच मार्वल ब्लकबस्टहरुमा जनरल थडियस थन्डरबोल्टको रुपमा चिनिन्छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया