युथ फोर्सको चेतावनी, ‘माओवादीले प्रकाश सपुतलाई दिएको धम्कीको प्रतिकार गर्छौं’
काठमाडौं । एमालेको भ्रातृ संगठन युवा संघको युथ फोर्सले ‘पिर’ गीतलाई लिएर माओवादी केन्द्रका भ्रातृ संगठनहरूले सर्जक प्रकाश सपुतलाई धम्कीपूर्ण भाषा बोलेको भन्दै त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ ।
युथ फोर्सका प्रमुख पुष्पराज श्रेष्ठले एक विज्ञप्ति निकाल्दै कानुनसम्मत भएको रचनालाई धमकीको भरमा रोक्न खोजिएमा त्यसको प्रतिकार गर्ने चेतावनी दिएका हुन् ।
गीतलाई लिएर माओवादीका भ्रातृ संगठनले चोरको खुट्टा काटभन्दा खुट्टा तानेसरह गरेको उनले आरोप लगाएका छन् ।
यसअघि, माओवादी केन्द्रनिकट केही भ्रातृ सङ्गठनले गायक प्रकाश सपुतको ‘पिर’ नामक गीतले तत्कालीन जनयुद्धमा लागेका महिलाको अपमान गरेको आरोप लगाएका थिए ।
अखिल नेपाल महिला सङ्घ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा सङ्घ, जनसांस्कृतिक महासङ्घ र प्रेस सेन्टरलगायतले विज्ञप्ति प्रकाशन गरी गीतको भिडियोमा जनयुद्धमा होमिएका महिला र पुरुष अनैतिक कार्यमा पनि लागेको जस्तो व्यहोरा झल्कने गरी प्रस्तुत गरिएकाले यसले जनयुद्धप्रति नै अपमान गर्न खोजेको भन्दै आपत्ति जनाएका थिए ।

माओवादीका भ्रातृ संगठनको आरोप : ‘पिर’ले महिलाको चरित्र हत्या गर्यो
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया