शीर्ष स्थानको सिटी बराबरीमा रोकियो, लिभरपुललाई फाइदा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा सिटी तुलनात्मक कमजोर क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो ।
यस बराबरीसँगै सिटीले २९ खेलबाट ७० अंक जोडेको छ ।
बराबरीका बाबजुद पनि सिटी शीर्ष स्थानमा यथावत रहेको छ ।
क्रिस्टल प्यालेस भने ३४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
सिटीको बराबरीले दोस्रो स्थानको लिभरपुललाई फाइदा पुगेको छ । लिभरपुलले सिटीसँगको अंक दूरी ४ मा झारेको छ ।
सिटीभन्दा एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ ।
अब मज्जा आउँछ