नामिबियाविरुद्धको टस जितेर पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । महिला टी-२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्र्तत नामिबियाविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ ।
युगान्डाको एन्टेबे क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जित्दै नामिबियालाई ब्याटिङको निम्तो दिइन् ।
जारी प्रतियोगितामा दुई हार बेहोरेको नेपाल जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछ । नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा युगान्डालाई एक विकेटले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।
नेपाल प्रतियोगितामा अघि बढ्नका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । नामिबियाले पनि नेपालबाहेक अन्य टोलीलाई हराउन सकेको छैन । यसअघि हङकङसँग चार विकेटले पराजित भएको नामिबिया युगान्डासँग एक रनले पराजित भएको थियो ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया