NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बलात्कार आरोपित पल शाहलाई गैंडाकोटबाट पुनः तनहुँ फर्काइयो

दमौली । नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा न्यायिक हिरासतमा रहेका अभिनेता पल शाहलाई गैंडाकोटबाट तनहुँ फर्काइएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटले बयान लिएपछि तनहुँ फर्काइएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहलाई गैँडाकोट झिकाएर प्रहरीले बयान लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले शाहको बयान लिएर मंगलबार दिउँसो तनहुँ फिर्ता गरिएकाे बताएका छन् । पल आज साँझसम्म तनहुँ पुग्नेछन् ।

शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि पीडित परिवारले नवलपुरस्थित गैंडाकोट रिर्सोटमा पनि ती नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि ललाई फकाई प्रलोभन देखाएर जबर्जस्ती करणी गरेको भन्दै पीडित परिवारले दिएको उजुरीका आधारमा अनुसन्धान भइरहेको छ । जिल्ला अदालतबाट पहिलो पाँच दिन र दोस्रोपटक १२ दिनको म्याद लिएर अनुसन्धान जारी छ ।

ताजा अपडेट

नेपालवाच विशेष