बलात्कार आरोपित पल शाहलाई गैंडाकोटबाट पुनः तनहुँ फर्काइयो
दमौली । नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा न्यायिक हिरासतमा रहेका अभिनेता पल शाहलाई गैंडाकोटबाट तनहुँ फर्काइएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटले बयान लिएपछि तनहुँ फर्काइएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहलाई गैँडाकोट झिकाएर प्रहरीले बयान लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले शाहको बयान लिएर मंगलबार दिउँसो तनहुँ फिर्ता गरिएकाे बताएका छन् । पल आज साँझसम्म तनहुँ पुग्नेछन् ।
शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि पीडित परिवारले नवलपुरस्थित गैंडाकोट रिर्सोटमा पनि ती नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि ललाई फकाई प्रलोभन देखाएर जबर्जस्ती करणी गरेको भन्दै पीडित परिवारले दिएको उजुरीका आधारमा अनुसन्धान भइरहेको छ । जिल्ला अदालतबाट पहिलो पाँच दिन र दोस्रोपटक १२ दिनको म्याद लिएर अनुसन्धान जारी छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया