एमसिसी विरुद्धको प्रदर्शनमा तोडफोड भएको पसललाई ४ लाख क्षतिपूर्ति
काठमाडौं । अमेरिकी परियोजना एमसिसीविरुद्ध भएको प्रदर्शनमा काठमाडौंको बुद्धनगरस्थित एउटा पसलमा भएको क्षतिको सरकारले क्षतिपूर्ति दिने भएको छ ।
रेडीमेड कलेक्सन पसलकी सञ्चालक जानकी श्रेष्ठलाई क्षतिपूर्तिस्वरुप चार लाख रुपैयाँ क्षतिपूर्ति दिने मन्त्रिपरिषद्बाट निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
गत फागुन ८ मा एमसिसीविरुद्ध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेका थिए । सो क्रममा प्रहरीहरू ज्यान जोगाउन सो पसलभित्र पसेका थिए । सञ्चालक श्रेष्ठले उनीहरूलाई आश्रय दिएकी थिइन् ।
त्यसपछि प्रदर्शनकारीहरूले पसलमा तोडफोड गरेका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया