NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

प्रभु बैंकले १७ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

काठमाडौं । प्रभु बैंकले १७ लाख ६२ हजार ९२४ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो ।

कम्पनीले सेयरको मूल्य भने तोकिएको छैन । उक्त सेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको व्यवस्थालाई परिपालन गरेको प्रमाणित हुने कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन पेश गर्न आग्रह गरेको छ ।

उक्त समय अवधिमा सेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई उक्त सेयर विक्री गर्ने बैंकले जनाएको छ ।