NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

ओलीका यी अभिव्यक्ति सर्जकमाथि न्याय कि मजाक ?

काठमाडौं । ‘पिर’ गीतका सर्जक प्रकाश सपुतले २७ फागुनमा सार्वजनिक गरेको म्युजिक भिडियोलाई लिएर विरोध र समर्थनमा यो साता समाजिक सञ्जाल निकै तात्यो ।

सशस्त्र माओवादी विद्रोहमा लागेका एक पूर्वलडाकुको जोडीले वर्तमान अवस्थामा भोगेका पीडा, अभाव र बाध्यतालाई देखाइएको एक दृष्यलाई लिएर माओवादी नेता तथा कार्यकर्ताले निकै आपत्ति जनाए । विद्रोहमार्फत देशको आमुल परिवर्तन गर्न हिडेका पूर्वलडाकु नै बाध्यताले यौन व्यवसायमा लाग्नु परेको कारुणिक दृष्य चुनावको मुखैमा सार्वजनिक भएपछि माओवादी नेता तथा कार्यकर्ताहरूलाई पिर पर्ने नै भयो ।

माओवादी केन्द्र निकट चार भ्रातृ संगठनले परिवर्तनकामी महिलाको अस्मितामाथि मजाक उडाउन खोजेको आरोप लगाउँदै तत्काल भिडियो हटाउन चेतावनी दियो । तर सपुतले गीतको पक्ष/विपक्षबारे आफूले समीक्षा गरिरहेको जिकिर गरे । माओवादीका भ्रातृ शुभेच्छुक संघसंगठनको दबाबकै भरमा उनले अहिलेसम्म आफ्नो युट्युब च्यानलबाट भिडियो हटाउने वा संशोधन गरेका छैनन् । सपुतको गीत ‘पिर’को तीरले माओवादीका नेता कार्यकर्तालाई तनाव दिइरहेको अवस्थामा विपक्षी एमालेका भ्रातृ संगठन राष्ट्रिय युवा संघले राजनीतिक फाइदा उठाउँदै सर्जक सपुतप्रति सहानुभूति राख्ने नीति लियो । गीत सिर्जनाकै आधारमा सर्जकमाथिको धम्की नरोकिए प्रतिकार गर्ने चेतावनी आइतबार विज्ञप्तिमार्फत् दियो ।

आफूलाई पर्दा एउटा नीति र अर्कालाई पर्दा अर्कै नीति लिने राजनीतिक दलका नेताहरूको दोहोरो चरित्रले न त सर्जकका सिर्जनाले न्याय पाएका छ, न त समाजको चरित्र नै बदलिएको छ ।

सिर्जनालाई लिएर सर्जकमाथि राजनीतिक प्रहारको शिकार सपुत एक्ला सर्जक भने होइनन् । गीतका श्रब्य–दृष्यलाई लिएर उनी पहिलो पटक विवादमा तानिएका पनि होइनन् । यस अघिको बोल मायाँ.., ब्याटल… लगायत सिर्जनासमेत विवादको घेरामा तानिएको थियो । सिर्जनालाई लिएर सर्जकमाथि प्रहार भएको यसअघि थुप्रै घटना छन् । आफ्नो सिर्जनाकै कारण पशुपति शर्मा, दुर्गेश थापा, भिटेन लगायत कलाकारहरू विवादको भूमरीमा तानिएका छन् ।

पछिल्लो समय समाजमा भएका सामाजिक, सांस्कृतिक,आर्थिक पक्षमा देखिएका बेथितिबारे उठान गरिएका विषयवस्तुमाथि समालोचनात्मक टिकाटिप्पणी भन्दापनि बढ्दा राजनीतिक करण गरी विपक्षीमाथि प्रहार गर्ने शैली हावी हुँदै गएको देखिन्छ । आफूलाई पर्दा एउटा नीति र अर्कालाई पर्दा अर्कै नीति लिने राजनीतिक दलका नेताहरूको दोहोरो चरित्रले न त सर्जकका सिर्जनाले न्याय पाएका छ, न त समाजको चरित्र नै बदलिएको छ ।

एउटा सर्जकले सिर्जना गरेको वर्गीय चरित्र चित्रण कसरी राजनीतिक निशाना बन्छ भन्ने ज्वलन्त उदाहरण हो, सपुतले सार्वजनिक गरेको गीत ‘पिर’ ।

यस गीतको दृष्यले माओवादी घटकलाई घायल बनाउँदा प्रतिपक्षी एमाले लगायत दलहरूलाई हाइसञ्चो भएको छ । यसै गीतलाई लिएर एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई गरेको व्यंग्यले यस्तै बुझाउँछ ।

शर्माको उक्त गीतले राष्ट्रपति र सरकारमाथि प्रहार गरेको भन्दै युवा संघले गीत हटाउन चेतावनी दिएको थियो ।
सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन गर्दै ओलीले सर्जक शर्माको नाम नै नलिइ खिसिटिउरी गरेका थिए । तत्कालिन नेकपा कै प्रचण्ड समूह र कांग्रेसले भने शर्माको बचाउ गरेका थिए ।

मंगलबार काठमाडौंमा अखिल नेपाल महिला संघको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उछित्तो काढेका थिए । सपुतको ‘पिर’ बोलको गीत कनिकुथी गाउँदै गर्दा फ्लोरमा महिलाहरूको हाँसोको फोहोरा छुटेको थियो । सर्जकले महिलामाथि त्यति संवेदनशील विषय उठान गर्दा पूर्व प्रधानमन्त्रीसमेत रहेका जिम्मेवार नेताले महिलाकै अगाडि महिलाकै मजाक उडाएका थिए । उनलाई हौसिन साथ दिएका थिए महिला नेताहरूले । तर त्यत्रो मासमा महिला संवेदनाबारे उनले मसिनो गरी बुझ्ने प्रयास गरेनन् । बुझ्न चाहेनन् । सर्जकको नामै नलिइ ओलीले दिएको अभिव्यक्तिको हाउभाउ हेर्दा सपुतले उठाएको विषयबस्तु भन्दा पनि विपक्षीप्रतिको इगो र दम्भ प्रत्यक्ष झल्किन्थ्यो ।

यस्तो छ ओलीले दिएको अभिव्यक्तिको छोटो अंश :

गाउनेहरूले कति सिक्नु पर्छ ? कति बजाउनु पर्छ ? मलाई सिक्नु छैन ? म गाउँदै गाउँदिन, बजाउँदै बजाउँदिन । अहिले तत्काल आएको छ नि, ‘मलाई तिम्रो मायाले दियो पीर । हैन, तिम्रो मायाले… अँ, तिम्रो मायाँले दियो मलाई पीर ।’ मलाई पीर दिँदा त गाएको छैन । अहिले बडो प्रचलित छ नि । कुनै–कुनै पार्टीलाई त उधुमै भएको छ ।

सपुतको गीत ‘पिर’लाई लिएर ओलीले विपक्षी माओवादीलाई उछित्तो काढ्दा तीन वर्ष अघि अर्का चर्चित सर्जक पशुपति शर्माले सिर्जना गरेको ‘लुट्न सके लुट कान्छा…’ बोलको गीतमाथि अघोषित प्रतिबन्द नै लगाएका थिए । त्यतिबेला आफै प्रधानमन्त्री रहेका ओलीले उनकै नेता तथा कार्यकर्ताको दबाब थेक्न नसकेर शर्माले दुई दिनमै युट्युबबाट गीत नै हटाएका थिए । ०७५ फागुन २ मा सार्जजिनक गरेको गीतमा ओलीको शाासनकालमा भएको भ्रष्टाचार, मंहगी, राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीहरू देखिएको विलासिता लगायत विषय उठान गर्दै शर्माले व्याङ्य प्रहार गरेका थिए । शर्माको उक्त गीतले राष्ट्रपति र सरकारमाथि प्रहार गरेको भन्दै युवा संघले गीत हटाउन चेतावनी दिएको थियो ।
सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन गर्दै ओलीले सर्जक शर्माको नाम नै नलिइ खिसिटिउरी गरेका थिए । तत्कालिन नेकपा कै प्रचण्ड समूह र कांग्रेसले भने शर्माको बचाउ गरेका थिए । कांग्रेस सांसद अमरेशकुमार सिंहले त गीत सिर्जना गरेकोमा रु.२५ हजार नगद पुरस्कार दिने घोषणा गरेका थिए । सिंहको उक्त अभिव्यक्तिप्रति ओलीले कटाक्ष गरेका थिए ।

यस्तो छ ओलीले तीन वर्ष अघि शर्माको सिर्जनामाथि गरेको मजाक

हामी नचाहिने कुरामा रमाउँछौं । नचाहिने कुरामा उत्ताउलो हुन्छौं । एउटाले भुलचुकमा एउटा गीत बनाए रे । लुट…लुट… केही खान पाउँदैन लुटेर खा, भाइ लुटेर खा भनेर गीत गाएछ । जनताले मन पराएन भनेर युट्युबबाट हटाए रे । अर्का सांसदले यति राम्रो गीत किन हटाएको ? हाम्रो त बाटै त्यही हो । त्यस गीत बापत २५००० दिन्छु भने रे । अचम्म लाग्यो मलाई । कहाँ जान खोज्दै छौं हामी ? उनले भावनामा बगेर एक छिन एउटा गीत लेखे । सबै जनताले राम्रो गरेन है भाइ भने पछि हटाए, सिद्धियो नि कुरो । सरकारले प्रतिबन्द लगाएको होइन ।