भगवन्त मानले पञ्जाबको मुख्यमन्त्रीको सपथ लिए
काठमाडौं । आम आदमी पार्टीका नेता भगवन्त मानले बुधबार पञ्जाबको मुख्यमन्त्रीको रुपमा सपथ लिएका छन् । उनको सपथ ग्रहण समारोह पञ्जाबको नवासहरमा भगत सिंहको पैतृक गाउँ खटकड कलामा भएको थियो ।
पञ्जाबका राज्यपाल बनवारीलाल पुरोहितले सपथ ग्रहण गराएका हुन् । उनी पञ्जाबका १७ औं मुख्यमन्त्री हुन् ।
विधानसभा चुनावमा आम आदमी पार्टीले पूर्ण बहुमतका साथ पञ्जाबमा जितेको थियो । पार्टीलाई पञ्जाबको ११७ सिटमध्ये ९२ सिटमा जित मिलेको छ । कांग्रेसलाई १८, भाजपालाई २ र अकाली दलले ३ सिट जितेका थिए ।
भगवन्तले कांग्रेसका दलवीर सिंह गोल्डीलाई पराजित गरेका थिए । पञ्जाब निर्वाचनमा कतिपय दिग्गज नेता पनि पराजित भएका छन् । प्रमुख पार्टी मानिएका कांग्रेस र अकाली दल पनि खुम्चिएपछि पञ्जाबमा आम आदमी पार्टीको ऐतिहासिक जित भनिएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया