अफगानिस्तानमा तालिबानविराेधी महिला प्रदर्शन
काबुल । दर्जनौं महिला प्रदर्शनकारीले मंगलबार अफगानिस्तानमा तालिबान विरोधी प्रदर्शन गरेका छन् ।
उनीहरूले आफूहरू प्रतिष्ठित महिला अधिकारकर्मी बताउने फतिमा गिलानीबाट टाढा रहेको भन्दै आफ्ना अधिकार सम्बोधनका लागि माग गरेका छन् ।
फतिमा गिलानी सन् १९७९ मा सोभियत आक्रमणसँग लडेका मुजाहिदीन प्रतिरोध समूहहरू मध्ये एकका नेता, दिवंगत अहमद गिलानीकी छोरी हुन् । उनी अफगानिस्तानमा महिला अधिकारका लागि वार्ता टोलीकी सदस्य पनि हुन् ।
‘फतिमा गिलानी हाम्रो प्रतिनिधि होइन, हाम्रो परिचय तालिबान होइन,’ एक जना महिला प्रदर्शनकारीलाई स्थानीय अमाज न्युजले उद्धृत गरी लेखेको छ ।
अगस्त १५ मा सत्ता कब्जा गरेदेखि तालिबानले महिला स्वतन्त्रतालाई कुल्चने लगायत लगभग हरेक क्षेत्रमा महिला अधिकारलाई उल्लंघन गरिरहेका आरोप प्रदर्शनकारी महिलाहरूले बताएका छन् ।
सञ्चारमाध्यमका अनुसार अधिकांश केटीहरूको माध्यमिक विद्यालयहरू बन्द छन् । हालै विश्वविद्यालयहरू पुनः खोलिएको छ, जसमा लिङ्ग छुट्टयाइने नयाँ नियमहरू छन् ।
ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) ले एक पत्रकार सम्मेलनमा भनेको छ, ‘धेरै महिलाहरू तालिबान नियमका कारण अध्ययनमा फर्कन असमर्थ छन् । केही महिलाहरूलाई तालिबानले धेरै प्रतिबन्ध लगाएपछि जागिरबाट हात धुनुपरेको छ ।’
गत हप्ता संयुक्त राष्ट्र मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटले अफगानिस्तानमा महिलाहरूलाई सशक्त बनाउनुपर्ने आवश्यकतालाई जोड दिएको केही दिनपछि यो विरोध प्रदर्शन भएको हो ।
उनीहरूले आफूहरू ‘निष्क्रिय मानव’ नभएको र आफ्नो देशको भविष्यमा योगदान दिन तयार रहेको बताउँदै आएका छन् ।
अफगानिस्तानमा महिला अधिकारबारे बाचेलेटले भनिन्, ‘यस देशका महिलाहरूलाई अक्सर अन्तरराष्ट्रिय सञ्चारमाध्यममा पीडितकोरूपमा चित्रण गरिन्छ । वास्तवमा, अफगान महिलाहरूले युद्ध, अत्यधिक गरिबी र बोल्नै नसकिने हिंसा र भेदभावको सामना गर्दै आफ्ना परिवार तथा समुदायको सुरक्षा र पालनपोषण गर्न अथक प्रयास गरिरहेका छन् ।’
संयुक्त राष्ट्रसंघीय अधिकार प्रमुखले अफगान महिलाहरूलाई बोल्ने र निर्णायक शक्ति भएका पदबाट बहिष्कृत गरिएको बताए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया