NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

युक्रेनको यी क्षेत्रमा भइरहेको छ रुसी आक्रमण

किएभ । युक्रेनमा रुसी सेनाको आक्रमण जारी छ । बुधबार रुसले आक्रमण गरेको २१ दिन पुग्छ । दुई पक्षबीच सहमतिका लागि वार्ता जारी भए पनि निष्कर्षमा पुगेको छैन । रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका रिसर्च फेलो डिफेन्स थिंक ट्यांक जस्टिन ब्रोङ्कले युक्रेन र रुसबीच लडाइँ भइरहेको ठाउँबारे जानकारी दिएका छन् ।

किएभ
मध्य किएभमा अहिले पनि कु्रज र ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भइरहेको छ । किएभको उत्तरी उपनगरीय क्षेत्रमा भीषण गोलीबारी जारी छ । तर रुसी क्षमता सीमित रहेको छ । एउटा बटालियनको माध्यामबाट साना साना आक्रमण गरिरहेको छ । यही कारण उनीहरु अगाडि बढ्न सकिरहेका छैनन ।

रुससँगको अहिलेको क्षमता देख्दा किएभको मध्य भाग नियन्त्रण गर्न सक्ने अवस्था देखिदैँन । युद्धविराममा युक्रेन हावी नहोस भनेर सीमित क्षमताका बावजुद पनि रुस किएभमा आफ्नो दबाव कायम राख्नेछ ।

ओडेसा (दक्षिण)
मंगलबार रुसी जल सेनाले बन्दरगाह सहर ओडेसामा भारी बमबारी गरेका छन् । यसपछि उनीहरु पछि फर्किएका छन् । तर बुधबार पुनः सहरनजिक पुगेको बताइएको छ । ओडेसामा पुरै क्षमता लगाएर आक्रमण भयो भने युक्रेनका लागि यो खतरापूर्ण हुन सक्छ । जल सेनालाई सहयोग गर्ने स्थल सेनाहरु धेरै टाढा भएकाले रुस यस्तो आक्रमणको स्थितिमा छैन । मिकोलेभ सहरमा युक्रेनी सेनाले रुसी सेनालाई निकै चुनौती दिएको छ ।

डोनबास (पूर्वी क्षेत्र)
रुसले कब्जा गरेको लुहान्स्क क्षेत्र वरपर भीषण लडाई चलिरहेको छ । रुसी सेना त्यहाँबाट पश्चिमी क्षेत्र निप्रोतर्फ बढ्ने प्रयास गर्दैछ । दक्षिणी क्षेत्रमा रहेको सेनासँग सम्पर्क कायम गर्नका लागि रुसले यो कदम चालिरहेको छ । यो क्षेत्रमा रुसी सेना सफल भए डोनबासमा युक्रेनी सेनालाई घेर्न सक्ने खतरा हुन्छ ।