सरकारी छाप कीर्ते गर्ने १२ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्वरस्थित राहदानी विभागमा कीर्ते सरकारी छाप प्रयोग गरी छिटो राहदानी बनाई दिने प्रलोभन देखाइ ठगी गरेको पाइएको छ । प्रहरी वृत्त कालीमाटीका अनुसार यसरी कीर्ते गरेको फेला परेपछि १२ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ ।
पक्राउ पर्नेमा काठमाडौंको गोङ्गबु बस्ने रोल्पाका २९ वर्षीय अमृत थापा, सोही ठाउँ बस्ने प्रज्वल खड्का, काठमाडौंको सामाखुशी बस्ने बागलुङका रञ्जित कार्की, काठमाडौँको मनमैजु बस्ने म्याग्दीका ३३ वर्षीय रामजी परियार, काठमाडौंको गोङ्गबुकी गोमा बजगाईं र सोही ठाउँ बस्ने पाल्पाका जीवनकुमार श्रेष्ठ छन् ।
यस्तै काठमाडौंको गौशाला बस्ने रामेछापका ३७ वर्षीय मिठे मगर, ललितपुरका रमेश बजगाईं, काठमाडौँको माछापोखरी बस्ने काभ्रेपलाञ्चोकका सन्दीप मैनाली, काठमाडौँको धुम्बाराही बस्ने सिन्धुलीका अभिषेक मगर, काठमाडौँको सिनामङ्गल बस्ने दैलेखका निरञ्जन तिवारी र काठमाडौँको कलङ्की बस्ने धादिङका मदन तामाङ पनि पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट कीर्ते गरिएका चार थान विभिन्न सरकारी कागजात, मोबाइल १४ थान तथा विभिन्न सरकारी एवं निजी छाप २० थान थान बरामद गरेको छ ।
त्यसैगरी, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका–१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१२ का ५६ वर्षीय डल्ले कामीलाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७८ कात्तिक २८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा रु १८ लाख जरिवाना, पाँच दिन कैद भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालत पठाइएको छ
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया