पुटिनबारे बाइडनले गरेको टिप्पणी अस्वीकार्य र अक्षम्य : रुस
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना समकक्षी भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेर गरेको टिप्पणीप्रति रुसले आपत्ति जनाएको छ । उसले बाइडनको यो अभिव्यक्तिलाई ‘अस्वीकार्य र अक्षम्य’ भनेको छ ।
‘अमेरिकी राष्ट्रपतिको यो अभिव्यक्ति अस्वीकार्य तथा अक्षम्य मान्छौं,’ पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले रूसी समाचार संस्था टाससँग प्रतिक्रिया जनाउँदै भनेका छन् ।
बुधवार एक सञ्चारकर्मीले बाइडनसँग सबै दृष्य देखेपछि तपाईं पुटिनलाई युद्ध अपराधी भन्न तयार हुनुहुन्छ भनेर सोधेका थिए । जवाफमा बाइडनले बिना तयारी उनी युद्ध अपराधी भएको बताएका थिए ।
ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनको हिंसाको बर्बर तस्बिर देखेपछि बाइडनले आफ्नो मनबाट यस्तो बोलेको प्रतिक्रिया दिएकी छन् ।
अमेरिकी राष्ट्रपतिले रुसी समकक्षीमाथि गरेको यस्तो टिप्पणीले दुई देशबीचको कूटनीतिक तनाव थप बढ्ने अनुमान गरिएको छ ।
पछिल्लो तीन सातायता रुसले युक्रेनविरुद्ध लगातार आक्रमण गरिरहेको छ । युद्धको दौरानमा जनधनको क्षति भइरहे पनि रुसले आक्रमण रोकेको छैन । युद्धविरामका निम्ति विभिन्न चरणमा वार्ता भए पनि त्यसले आकार लिन सकेको छैन ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया