१२०० सर्वसाधारणले आश्रय लिइरहेको स्थानमा रुसद्वारा हवाई आक्रमण
काठमाडौं । मारीओपोलस्थित सर्वसाधारणले भरिएको एक नाचघरमा रुसी फौजले बम आक्रमण गरेको युक्रेनले आरोप लगाएको छ ।
रुसले युक्रेनविरुद्ध आक्रमण थालेपछि मारियोपोलोको यो नाचघरमा सर्वसाधारणले आश्रय लिइरहेका छन् । त्यहाँ करिब १२०० सर्वसाधारण रहेको अनुमान छ ।
त्यहाँ सर्वसाधारणले आश्रय लिएको जानकारी हुँदाहुँदै रुसले निशाना बनाएको दाबी युक्रेनको छ । तर रुसले भने त्यहाँ आक्रमण नगरिएको जनाएको छ ।
रुसले पछिल्लो तीन सातादेखि युक्रेनलाई निरन्तर निशाना बनाउँदै आएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया