जापानमा ७.३ रेक्टर स्केलको भूकम्प, दुईको मृत्यु, ९२ जना घाइते
काठमाडौं (एजेन्सी) । जापानमा गएको भूकम्पामा परी २ जनाको ज्यान गएको छ भने अरु ९२ जना घाइते भएका छन् ।उत्तरपूर्वी जापानमा गएको सो भूकम्प ७.३ रेक्टर स्केलको रहेको बताइएको छ ।
बुधबारको सो भूकम्पबाट भएको अरू क्षतिको विवरण संकलन भइरहेको बताइएको छ ।
बुधबार रातिको सो भूकम्पका कारण धेरै नागरिक त्रसित भएका बताइएको छ । बिहीबार बिहान ६ः३० बजे प्राप्त समाचारमा सो भूकम्पबाट कम्तीमा २ जनाको ज्यान गएको र अरू ९२ जना घाइते भएका बताइएको छ । उत्तरपूर्वी जापानका मियागी र फुकुसीमा प्रिफेक्चर सो भूकम्पबाट प्रभावित भएका थिए ।
जापानको अग्नि तथा प्रकोप व्यवस्थापन विभागका अनुसार सो भूकम्प ७.४ रेक्टर स्केलको रहेको बताइएको छ ।
राति ११ः३६ को समयमा भूकम्प महसुस गरिएको थियो । फुकुसिमा र मियागी प्रान्तमा भूकम्पले बढी हल्लाएको बताइएको छ । भूकम्पलगत्तै सुनामीको चेतावानी दिइएको थियो । तर पछि सुनामीले असर भने नगरेको उद्धारमा खटेका अधिकारीहरुले जनाएका छन् ।
यी दुई प्रिफेक्चरका समुद्रमा एक मिटरसरम्म माथि आएको मापन गरिएको थियो । पछि सो तह घटेकाले सुनामीको खतरा टरेको थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया