NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

टेलिकमको अनलिमिटेड डाटासहितको फागु अफर,२९४ रुपैयाँमा २० जीबी

काठमाडाैं । रङहरूको पर्व होलीको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर ल्याएको छ । यो अफर चैत ३ (आजदेखि) चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

कम्पनीका अनुसार अफरअन्तर्गत ६९ रुपैयाँमा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिन र २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ ।

नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहने टेलिकमले जनाएको छ । यसका लागि *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।