आगामी चुनावमा ओलीको हालत रावण र होलीकाको जस्तै हुनेछ
काठमाडौं । एकीकृत (समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पूर्वसहकर्मी एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अवस्था होलीकाको जस्तै हुने टिप्पणी गरेका छन् ।
फागु पूर्णिमाको अवसरका पार्टीले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेपालले ओलीको दम्भ आगामी चुनावमा समाप्त हुने टिप्पणी गरेका हुन् ।
‘हाम्रो बढी खिसिट्युरी गर्नेको हालत होलिकाको जस्तै हुनेछ । घमण्डको पोको भएको रावणको जस्तै हुनेछ’, केन्द्रीय कार्यलयमा आयोजित कार्यक्रममा उनले भने, ‘वैशाखमा हुने चुनावमा राष्ट्रिय सभा चुनावमा जस्तै कलमले कमाल गरेर देखाउनेछ ।’
ओलीप्रति लक्षित गर्दै उनले दुष्ट होलिकाको दहन भएजस्तै घमण्डी, दम्भकिो हालत त्यस्तै हुने उनले जिकिर गरेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया