तिब्बतमा एक वर्षमै बन्यो एक लाख २० हजार किमी सडक
काठमाडौं (एजेन्सी) । सन् २०२१ मा दक्षिण–पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा कुल एक लाख २० हजार किलिोमिटरभन्दा बढी सडक यातायात सञ्चालनका लागि खोलिएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् ।
तिब्बतमा सन् २०२१ मा पाँच नगर र ६७ प्रशासनिक क्षेत्रले सडकको पहुँच विस्तारका लागि अग्रणी तथा कडा मिहिनेत गरेको बताइएको छ ।
ती नगर तथा प्रशाशनिक क्षेत्रको अथक मेहनतपछि गत वर्षको अन्तसम्ममा तिब्बत क्षेत्रका कुल शहरहरूमध्ये ९४.५५ प्रतिशतलाई जोड्न र कुल प्रशासनिक क्षेत्रहरूमध्ये ७७.९४ प्रतिशत क्षेत्रलाई जोड्न सफल भइएको तिब्बत क्षेत्रीय यातायात विभागले पुष्टि गरेको छ ।
तिब्बतले सडक यातायातको लागि निश्चित सम्पत्तिमा २०.१ अर्ब युआन (लगभग ३.२ अर्ब अमेरिकी डलर) मूल्यको लगानी पूरा गरेको विभागका प्रमुख जु वेनकियाङले बताए ।
विभागले सन् २०२२ मा २१.६ अर्ब युआनभन्दा बढी मूल्यको यातायातमा लगानी पूरा गर्ने लक्ष्य राखेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया