साताको अन्तिम दिन सुनको मूल्य स्थिर
साताको अन्तिम दिन सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य बिहीबारकै मूल्य अर्थात ९९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन तोलामा पाँच सय रूपैयाँ बढेको थियो । यो साताको आइतबार छापावाल सुन तोलामाल दुई सय रूपैयाँ बढेर एक लाख दुइ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । साताको अन्य दिनमा भने सुनको मूल्य घटेको थियो ।
बुधबार सुनको मूल्य तोलामा एक हजार दुई सय रूपैयाँ घटेर ९९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार छापावाल सुन तोलामा एक हजार ८ सय रूपैयाँ घटेर एक लाख पाँच सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार छापावाल सुन तोलामा ५ सय रूपैयाँ घटेर एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार थियो ।
आज तेजावी सुनको मूल्य पनि स्थिर छ । शुक्रबार तेजावी सुन बिहीबारकै मूल्य प्रतितोला ९९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा ५ रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा एक हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको हो । बिहीबार चाँदी तोलामा एक हजार ३८० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया