निर्वाचन आचारसंहिताप्रति एमाले नेताको आपत्ति
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन आयोगले बिहीबार जारी गरेको निर्वाचन आचारसंहिताप्रति आपत्ति जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा भाग लिन जनप्रतिनिधिहरूले पदबाट पहिल्यै राजीनामा दिनुपर्ने प्रावधान विभेदकारी, पूर्वाग्रही र हास्यास्पद रहेको टिप्पणी गरेको छ ।
‘त्यसो भए के प्रतिनिधिसभाको निर्वाचन हुँदा प्रधानमन्त्री शेरबहाहदुर देउवा र उहाँका मन्त्रीहरुले पहिल्यै राजीनामा दिनुहुन्छ ?’, निर्वाचन आचारसंहिताप्रति प्रश्न उठाउँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘पदमा रहेर चुनाव लड्न पाइने होइन भने चुनाव गराउन या देशमा निर्दलीय सरकार बनाउनुपर्ने भयो या त प्रधानमन्त्री–मन्त्रीहरु नहुँदा सरकारबिना नै चुनाव गराउनुपर्ने भयो ।’
स्थानीय तहमा नेकपा (एमाले) का जनप्रतिनिधि बढी भएकाले आगामी चुनावमा उनीहरूकै बर्चश्व देखिने नाममा सामान्य तथ्यकोसमेत ख्याल नभएको उनले टिप्पणी गरे ।
‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै वहाल रहेको पदबाट राजीनामा गर्नु पर्नेछ’, आयोगले जारी गरेको आचारसंहिताको परिछेद ९ को विविध अन्तगर्त दफा ३६ मा उल्लेख छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया