पलविरुद्ध बलात्कार प्रकरणमा यी हुन् प्रहरीले जुटाएका प्रमाण
काठमाडौं । एक नाबालिगमाथि बलात्कारको अभियोग लागेका नायक पल शाहविरुद्ध अनुसन्धानका क्रममा प्रहरीले प्रमाण जुटाएको छ । आफूमाथि पलले पटकपटक बलात्कार गरेको जाहेरी ती बालिकाले दिएपछि प्रहरीले शाहमाथि अनुसन्धान गरिरहेको हो । उनको जाहेरीपछि प्रहरीले अनुसन्धानलाई अघि बढाएपछि मुद्दा दायरकाे प्रक्रिया अघि बढेकाे हाे ।
पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय नवलपुरको गैंडाकोटमा जाहेरी परेको थियो । प्रहरीको अनुसन्धानमा आधारित रहेर ती किशोरीमाथि बालात्कार अभियोगसहित जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेकाे हाे । बिहीबार जिल्ला अदालत नवलपुरमा शाहविरुद्ध मुद्दा दायर भएको हो ।
नवलपुर प्रहरीले शाहविरुद्ध विभिन्न प्रमाण जुटाएको जनाएको छ । नवलपुरस्थित प्रमुख एसपी प्रज्ज्वल महर्जन विभिन्न प्रमाण जुटाएर मुद्दा दायर गरिएको जानकारी दिए दिएका छन् ।
महर्जनका अनुसार पल प्रकरणमा बाहिर आएका अडियोलाई फरेन्सिक ल्याबमा पठाएको छ । साथै दुवैका म्यासेज र कल डिटेल, घटना भएका ठाउँका व्यक्तिसँगको बयानसहितका विषयमा प्रहरीले प्रमाण संकलन गरेको हो । यी प्रमाणका आधारले पलमाथि लागेको अभियोग पुष्टि हुने बलिया आधार दिएको प्रहरीकोको भनाइ छ ।
नवलपुरको गैंडाकोटमा रिसोर्टमा समेत शाहले ती किशोरीमाथि बलात्कार गरेको भन्दै जाहेरी परेको थियो । हिरासतमा राखेर शाहमाथि प्रहरी अनुसन्धान अघि बढेर मुद्दा दायरको प्रक्रिया अघि बढेको हो ।
तर शाहले अहिलेसम्म आफूले बलात्कार नगरेको बयान दिंदै आएका छन् । तर प्रहरीले उनीविरुद्ध धेरै प्रमाण जुटाएर मुद्दा दायर गरेको दाबी गरेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया