माओवादी नेता आचार्यको निधन
राँझा । नेपालगञ्ज निवासी नेकपा माओवादी केन्द्रका नेता दामोदर आचार्यको आज निधन भएको छ । उनानसाठी वर्षीय उनको भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पार्टीका नेपालगञ्ज नगर कमिटी अध्यक्ष रतन शाहीले बताए ।
उनका अनुसार लामो समयदेखि क्यान्सरसँग जुध्दै आएका आचार्य लामो समयसम्म भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किएका थिए । स्वास्थ्यमा सुधार भएपछि नेपालगञ्जस्थित घरमै स्वास्थ्य लाभ गरिरहेका उनलाई फेरि बिरामी परेपछि अस्पतालमा भर्ना गरिएको थियो ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका अचार्य नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय पनि भएका थिए । उद्योगमा लोकप्रिय छवि बनाएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट नगरप्रमुखको उम्मेदवार पनि बनेका थिए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया