NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

विश्वको सर्वाधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ ।

दक्षिण एसियाली मुलुकमा नेपाल ८५औं स्थानमा रहेको छ भने भारत १३६औं स्थानमा पुगेको छ । गत वर्ष भारत १३९औं स्थानमा थियो । दक्षिण एसियाका खुसी देशको सूचीमा बंगलादेश ९९औं र पाकिस्तान १०३औं नम्बरमा पुगेको छ ।

सूचीअनुसार चीन नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२औं नम्बरमा रहेको छ । अफगानिस्तानलाई दक्षिण एसियाको दुःखी देशका रुपमा प्रतिवेदनमा चित्रण गरिएको छ । फिनल्यान्डपछि डेनमार्क, आइसल्यान्ड, स्विटजरल्यान्ड, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, स्विडेन, नर्वे, इजरायल, न्युजिल्यान्ड र अस्ट्रिया सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएका छन् ।