दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख संक्रमित
सोल । दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख मानिस कोरोनाभाइरसबाट संक्रमित हुने गरेका छन् ।
सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा तीन लाख ८१ हजार ४५४ नयाँ सङ्क्रमित भएका हुन् ।
थपिएका सङ्क्रमितसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरूको संख्या ९० लाख ३८ हजार ९३८ पुगेको छ ।
पछिल्ला केही दिनदेखि दक्षिण कोरियामा दैनिक संक्रमितहरूको संख्या साढे तीन लाखभन्दा बढी भएका छन् ।
कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनको संक्रमण फैलिन थालेपछि दैनिक संक्रमितहरूको संख्यामा एकाएक वृद्धि भएको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया