पल शाहविरुद्धको अनुसन्धान अन्तिम चरणमा

काठमाडौं । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पूर्णविक्रम (पल) शाहविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।
एक–दुई दिनमै पलविरुद्धको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतँमा बुझाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।
जबरजस्ती करणी मुद्दामा बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्थाअनुरुप अभिनेता शाहविरुद्ध तीनपटक म्याद थपिएको छ ।
उनीविरुद्ध दुईवटा मुद्दा परेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ, र इलाका प्रहरी कार्यालय, गैँडाकोटमा नाबालिग गायिकाका बुवाले जाहेरी दिएका थिए ।
प्रहरी अनुसन्धानका क्रममा शाहमाथिको आरोप प्रमाणित हुने प्रमाण जुटाएको प्रहरीको दाबी छ ।
उनीविरुद्ध अदातलमा मुद्दा हालिएको छ । सो प्रमाणित भएमा उनी १२ देखि १४ वर्षसम्म जेल बस्न सक्नेछन् ।
अभिनेता शाहले गत फागुन १५ मा तनहुँ प्रहरीमा गएर आत्मसमर्पण गरेका थिए ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया