कांग्रेस प्रदेश समितिमा १६ जना मनोनीत

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन् । पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बानियाँले उनीहरुलाई आज मनोनयन गरेका छन् ।
सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात तामाङ तथा नुवाकोटबाट अर्जुन न्यौपाने र कल्पना नेपालीलाई मनोनय गरिएको छ ।
यसैगरी धादिङबाट तीलकप्रसाद रुवाली, काठमाडौंका छिरिङदोर्जे लामा, राजु खरेल, गौरी दवाडी, हरिहर अधिकारी र भगवतीकुमारी खड्कालाई सभापति बानियाँले कार्यसमितिमा मनोनयन गर्नुभएको पार्टी प्रदेश कार्यालयले जनाएको छ ।
सभापतिबाट मनोनय हुनेमा ललितपुरका रमेशकुमार वखती र राजेश महर्जन तथा दोलखाका प्रभुराम श्रेष्ठ छन् ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया