NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

बेल्जियममा भीडमा कारले ठक्कर दिँदा ६ को मृत्यु

काठमाडौं । दक्षिणी बेल्जियममा तीव्र गतिमा आएको एउटा कारले मानिसहरुको भीडमा ठक्कर दिँदा ६ जनाको मृत्यु भएको छ ।

राजधानी ब्रसेल्सबाट करिब ५० किलोमिटरको दुरीमा रहेको एउटा सानो सहरमा भएको थियो । आइतबार झन्डै ६० जना मानिसहरू एक मेलामा सहभागी हुने तयारी गरिरहेका बेला तीव्र गतिमा आएको कारले ठक्कर दिएको थियो ।

प्रहरी प्रवक्ताका अनुसार दुर्घटनामा धेरै घाइते भएका छन् । घाइतेमध्ये केहीको हालात गम्भीर छ । घटना आतंकवादी आक्रमण हो वा होइन भन्ने बारे अनुसन्धान भइरहेको छ ।

प्रहरी प्रवक्ता क्रिस्टिना इयानोले यो एक दुखद दुर्घटना भएको बताइन् । कारका चालक र कारमा सवार अन्य व्यक्तिलाई हिरासतमा लिइएको छ ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष