हरियो रङको मतपत्र निर्वाचन आयोगको कांग्रेसलक्षित काम : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।
मतपत्रमा हरियो रङको निर्माण गर्ने निर्णयप्रति उनले विरोध गरे । हरियो रङ रुख जस्तो हुने र कांग्रेस लक्षित काम गरेको भन्दै निर्वाचन आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले भने, “कांग्रेसको चुनाव चिह्न रुख किन हरियो हुने ? इलामको सूर्योदय नगरपालिका नगर कमिटीको आयोजना र एमाले जिल्ला कमिटीको व्यावस्थापनमा भएको जनसभामा बोल्दै एमालेको लोकप्रियताप्रति अन्य दलहरू डराएको टिप्पणी गरे ।
फिक्कल चोक बजारमा भएको कार्यक्रममा एमाले जनताको पार्टी भएको उनको भनाइ छ । एमाले सरकारमा हुँदा शिक्षा, स्वास्थ्य, सडक क्षेत्रको विकासमा राम्रो काम गरेकाले एमाले सबै विकास गरिसक्छ भनेर अन्य दल डराएको उनको भनाइ छ ।
एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले एमालेमा जनताको लहर चलेको दाबी गरे ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया