युक्रेनविरुद्ध लड्न रुसलाई हतियार दिँदैनौं : चीन

काठमाडौं । युक्रेनमाथि हमला गरिरहेको रुसलाई आफ्नो मुलुकले हतियार सहायता नगर्ने चीनले बताएको छ । साथै उसले रुस–युक्रेन युद्ध अन्त्यका निम्ति सक्दो प्रयास गर्ने प्रष्ट पारेको छ ।
रुसले चीनसँग हतियार सहायता मागेका विवरण बाहिरिरहेका बेला अमेरिकाका लागि चिनियाँ राजदूत चिङ गाङले चीनले रुसलाई हतियार नदिने बताए ।
‘युक्रेनविरुद्ध लड्न रुसलाई हामी हतियार दिँदैनौं । चीन यी दुई देशबीचको तनाव अन्त्यका निम्ति सक्दो प्रयास गर्छ,’ उनले भने ।
अमेरिकी टेलिभिजन नेटवर्क सिबिएससँगको कुराकानी गर्दै राजदूत गाङले पश्चिमा शक्तिको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे । सार्वजनिक रूपमा पश्चिमा राष्ट्रले रुसको निन्दा गर्दा समस्या जटिल बनेको उनको ठम्याइ छ ।
रुस–युक्रेन युद्धमा चीनले रुसलाई हतियार सहयोग गर्नसक्ने आशंका व्याप्त छ । गत शुक्रबार मात्रै अमेरिकी राष्ट्रपति जो बाइडनले रुसलाई हतियार सहयोग गरेमा गम्भीर परिणाम सामना गर्नुपर्ने चेतावनी चिनियाँ समकक्षी सी जिनिपिङलाई दिएका थिए ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया