युद्धका कारण एक चौथाई युक्रेनी विस्थापित
काठमाडौं । संयुक्त राष्ट्रका उच्च अधिकारीले रुस युक्रेन युद्धका कारण अहिलेसम्म युक्रेनका करिब एक करोड मानिसहरु विस्थापित भएकाे बताएका छन् । यो संख्या युक्रेनको कुल जनसंख्याको एक चौथाई हो ।
रुसी सेनाको आक्रमणबाट बच्नका लागि धेरै मानिसहरु देश छोडेर अर्को देश पुगेका छन्, केही देशकै सुरक्षित स्थानतर्फ पलायन भएका छन् ।
रुसले २४ फेबु्रअरीमा आफ्नो छिमेकी देश युक्रेनमा आक्रमण गरेको थियो । त्यहाँ २७ दिनदेखि भीषण युद्ध जारी छ । यही बीच ३६ लाख मानिसहरु देश छोड्न बाध्य भएका छन् ।
हालसम्म २० लाखभन्दा बढी शरणार्थी युक्रेनको छिमेकी देश पोल्याण्ड पुगेका छन् । योसँगै रोमानियामा पाँच लाख मानिसले शरण लिएका छन् । हंगेरीले करिब तीन लाख र मोल्डोभाले करिब तीन लाख ६० हजार युक्रेनी शरणार्थीलाई समायोजन गरेको छ । देश भित्र पनि ठूलो संख्यामा मानिसहरु विस्थापित भएका छन् ।
१८ र ६० वर्षबीचका पुरुषहरू सेनामा भर्ना हुन पर्ने नियम भएका कारण देश छोड्न पाउँदैनन् ।
यीबाहेक अन्य मानिसहरु देशभित्रै सुरक्षित स्थानतर्फ पुगेका छन् । संघका अनुसार मरिउपोल र सुमीजस्ता सहरमा रुसी सेनाले घेराबन्दी गरेको छ । त्यहाँ फसेका मानिसहरुको स्थिति चिन्ताजनक छ ।
एजेन्सीका अनुसार रुसी सेनाले आवासीय क्षेत्रलाई निशाना बनाउँदा हजारौं नागरिकको जीवनमा खतरा पैदा गरेको छ । सहरमै फसेका मानिसहरू उपचार र खाद्यान्नकाे अभावमा गुज्रिरहेका छन् ।
युक्रेनमा शनिबारसम्मको लडाइमा कम्तिमा ९०२ सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघको मानवअधिकार कार्यालयले जनाएको छ । राष्ट्रसंघले वास्तविक मृत्युको संख्या धेरै हुन सक्ने मानिएकाे छ । यसै क्रममा युक्रेनका महान्यायाधिवक्ताको कार्यालयले युद्धमा हालसम्म ११२ बालबालिका पनि मारिएको जनाएको छ ।
यसैबीच बालबालिकाका लागि काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफले हालसम्म १५ लाखभन्दा बढी बालबालिकाले देश छाडेको जनाएको छ । युनिसेफले बालबालिकाको बेचबिखन र शोषणप्रति चिन्ता व्यक्त गरेको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया