दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

चितवन । बालयौन दुर्व्यवहार गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोमेश्वर माध्यामिक विद्यालय माडीका शिक्षक सुरज लामिछाने रहेका छन् ।
माडी नगरपालिका-५ निवासी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनलाई कक्षा ९ मा अध्ययनरत १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
पक्राउ परेका शिक्षकमाथि अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया