पूर्वक्रिकेटर हरभजन सिंहलाई आम आदमीले बनायो राज्यसभाको उम्मेदवार
काठमाडौं । क्रिकेटर हरभजन सिंहले पञ्जाब विधानसभा चुनावमा जितपछि आम आदमी पार्टीको तर्फबाट राज्यसभाका लागि उम्मेदवारी दर्ता गरेका छन् । आपले क्रिकेटर हरभजन सिंह र दिल्लीका पार्टी विधायक राघव चड्ढालाई पञ्जाबबाट राज्यसभा चुनावका लागि उम्मेदवार बनाएको छ ।
राज्यसभाका लागि उम्मेदवारी दर्ता गर्ने क्रममा आप नेता राघव चड्डाले भने, ‘यो मेरो लागि ठूलो दिन हो । म मेरी आमासँग उम्मेदवारी दर्ता गर्न आएको हुँ । केजरीवाल जीले ममा विश्वास देखाउनुभएको छ, यति सानो उमेरमा म यहाँ छु ।’
समाचार एजेन्सी एएनआईको रिपोर्टअनुसार राघव चड्ढा र हरभजन सिंहबाहेक, कृष्ण प्राण ब्रेस्ट क्यान्सर केयर च्यारिटेबल ट्रस्टका संस्थापक सञ्जीव अरोरा, डा. सन्दीप पाठक, लभली प्रोफेशनल युनिभर्सिटीका कुलपति अशोक मित्तललाई आम आदमी पार्टीले राज्यसभा निर्वाचनका लागि पञ्जाबबाट उम्मेदवार बनाइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया