पूर्वक्रिकेटर हरभजन सिंहलाई आम आदमीले बनायो राज्यसभाको उम्मेदवार
काठमाडौं । क्रिकेटर हरभजन सिंहले पञ्जाब विधानसभा चुनावमा जितपछि आम आदमी पार्टीको तर्फबाट राज्यसभाका लागि उम्मेदवारी दर्ता गरेका छन् । आपले क्रिकेटर हरभजन सिंह र दिल्लीका पार्टी विधायक राघव चड्ढालाई पञ्जाबबाट राज्यसभा चुनावका लागि उम्मेदवार बनाएको छ ।
राज्यसभाका लागि उम्मेदवारी दर्ता गर्ने क्रममा आप नेता राघव चड्डाले भने, ‘यो मेरो लागि ठूलो दिन हो । म मेरी आमासँग उम्मेदवारी दर्ता गर्न आएको हुँ । केजरीवाल जीले ममा विश्वास देखाउनुभएको छ, यति सानो उमेरमा म यहाँ छु ।’
समाचार एजेन्सी एएनआईको रिपोर्टअनुसार राघव चड्ढा र हरभजन सिंहबाहेक, कृष्ण प्राण ब्रेस्ट क्यान्सर केयर च्यारिटेबल ट्रस्टका संस्थापक सञ्जीव अरोरा, डा. सन्दीप पाठक, लभली प्रोफेशनल युनिभर्सिटीका कुलपति अशोक मित्तललाई आम आदमी पार्टीले राज्यसभा निर्वाचनका लागि पञ्जाबबाट उम्मेदवार बनाइएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया