NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

नेटो ‘युक्रेन युद्ध’को कारण कसरी बन्यो ?

काठमाडाैं । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युद्ध चलिरहेकै बेला लामो समयदेखि नेटोको सदस्य हुने आशाका बावजुद देश निकट भविष्यमा नेटोको सदस्य हुन नसक्ने बताएका थिए । युक्रेनले नेटोको सदस्यताका लागि धेरै प्रयास गरेको थियो ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको समर्थनमा सुरक्षा समूह एकजुट रहेको बताएका छन् । बेलायत लगायतका सदस्य राष्ट्रहरुले रुसी आक्रमणसँग लड्न सहयोग गर्न पहिलेदेखि नै हतियार दिइरहेका छन् । जे भए पनि संगठनले युक्रेनमा ‘नो फ्लाई जोन’ लागू गर्न अस्वीकार गरिरहेको छ । ‘नो फ्लाई जोन’ लागू गरे रुससँग सिधै युद्ध हुने खतरा रहेको भन्दै अस्वीकार गरेको हो । रुसले नेटोको आक्रमकताको सामना गर्न आफ्नो आणविक सेनालाई ‘विशेष सर्तकता’मा राखेको छ ।

नेटो के हो ?

उत्तरी एटलान्टिक सन्धी संगठन (नेटो) सन् १९४९ मा अमेरिका, क्यानडा, बेलायत र फ्रान्ससहितका १२ वटा देशहरुले स्थापना गरेको सैन्य गठबन्धन हो । यसका सदस्य राष्ट्रमध्ये एक राष्ट्रमाथि आक्रमण भयो भने एक-अर्कालाई सहयोग गर्ने यो संगठनको नीति छ । साथै एउटा सदस्यमाथिको हमला संगठनमाथि कै आक्रमण हो भन्ने बुझ्छन् ।

नेटोको स्थापना भएपछि सन् १९५५ मा सोभियत रुसले पूर्वी युरोपेली कम्युनिष्ट देशहरुसँग आफ्नो सैन्य गठबन्धन बनाएर वार्सा प्याक्ट संगठन बनाए । सन् १९९१ मा सोभियत युनियन टुक्रिएपछि वार्सा प्याक्टको अस्तित्व पनि समाप्त भयो र युरोपेली मुलुकहरु नेटोको सदस्य बने । अहिले नेटोमा ३० राष्ट्र सदस्य छन् ।

‘नो फ्लाई जोन’ लागू गरे रुससँग सिधै युद्ध हुने खतरा रहेको भन्दै अस्वीकार गरेको हो । रुसले नेटोको आक्रमकताको सामना गर्न आफ्नो आणविक सेनालाई ‘विशेष सर्तकता’मा राखेको छ ।

युक्रेन किन नेटोको सदस्य छैन ?

नेटोले युक्रेनलाई सन् २००८ मा अन्तिम सदस्यताको लागि प्रस्ताव गरेको थियो । त्यसबेला युक्रेनले खासै चासो देखाएन । सन् २०१४ मा क्रिमिया रुसले कब्जा गरेपछि युक्रेनले नेटोको सदस्य हुन प्राथमिकता दियो । तर त्यस्तो भएन, रुसले लामो समयसम्म गरेको विरोधका कारण युक्रेनले नेटोको सदस्यता लिन पाएन ।

पूर्वी युरोपमा नयाँ सदस्य लिएर नेटोले आफ्नो भूभाग अतिक्रमण गर्ने र युक्रेनको समर्थनमा नेटो आउने डर रुसलाई छ । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अहिलेको अवस्थामा देशले नेटो सदस्यता लिन नसक्ने बताएका छन् ।बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि युक्रेनले छिट्टै नेटोको सदस्यता लिने कुनै बाटो नभएको बताए । आक्रमण अगाडि युक्रेनलाई नेटोको सदस्य हुन दिनु हुँदैन भन्ने रुसको माग थियो । यसलाई गठबन्धनले समर्थन गरेको थिएन ।

नेटो विमानहरुले रुसी भूभागमा रहेको राडारहरुमा एन्टि रेडिएसन मिसाइलहरु फायर गर्नु पर्ने हुन सक्छ । रुसले यसलाई नेटो देशहरु विरुद्ध युद्ध घोषणा गर्ने कारणको रुपमा प्रयोग गर्न सक्छ ।

नेटोले किन सैनिकहरु युक्रेन पठाइरहेको छैन ?
युक्रेन नेटोको सदस्य राष्ट्र नभएका कारण सैनिकहरुलाई प्रतिरोधका लागि पठाउन बाध्यकारी अवस्था भएन । यदि युक्रेनमा रुस र नेटोका सैनिकहरुबीच युद्ध भयो भने यसले रुस र पश्चिमा देशहरुबीच पनि युद्ध हुने सम्भावना बढाउँछ । यसकारण पनि युक्रेनमा सेना पठाउन नेटो पछाडि हट्यो ।

नो फ्लाई जोन किन लागू गर्दै नेटो ?

युक्रेनमा नो फ्लाई जोन लागू गर्न नेटो मानिरहेको छैन । यसले रुसको वायु सेना र अन्य सबै देशविरुद्ध पनि असर पर्न सक्छ । नेटो विमानहरुले रुसी भूभागमा रहेको राडारहरुमा एन्टि रेडिएसन मिसाइलहरु फायर गर्नु पर्ने हुन सक्छ । रुसले यसलाई नेटो देशहरु विरुद्ध युद्ध घोषणा गर्ने कारणको रुपमा प्रयोग गर्न सक्छ । जसका कारण थप युद्ध बढ्न सक्छ ।

पश्चिमी मुलुकले कसरी सहयोग गरिरहेका छन् ?

नेटोका धेरै देशहरुले  युद्धमा रूसकाे प्रतिरोधका लागि युक्रेनलाई हतियार दिएका छन् । अमेरिकाले युक्रेनलाई सबैभन्दा धेरै मिलिटरी इक्युपमेन्ट उपलब्ध गराएको छ । युद्ध सुरू भएपछि यसले २०० मिलियन डलर र पुनः ३५० मिलियन डलर बराबरको हतियार दिइसकेकाे थियाे । अमेरिकाले दिएका हतियारमा जाभेलिन एन्टी ट्यांक मिसाइल, स्टिङगर एन्टी एयरक्राफ्ट मिसाइल र बडी आर्मर रहेका छन् ।

हालै अमेरिकाले आफ्नो सहयोग विस्तार गर्दै १ अर्ब सुरक्षा सहयोग प्याकेज घोषणा गरेको छ । यसमा लामो दुरीसम्मका हतियार र ड्रोनहरु रहेका छन् । युरोपेली युनियनले पनि हतियार खरिदका लागि ४५० मिलियन युरो सहयोग पठाउने बताएको छ । इतिहासमै पहिलोपटक हतियारका लागि इयूले कुनै देशकाे सहयाेग गरेको पहिलोपटक हो ।

जर्मनीले युद्ध क्षेत्रमा हतियार नपठाउने लामो समयदेखिको अडान तोड्दै युक्रेनलाई साथ दिएकाे छ । बेलायत, नेदरल्यान्ड, बेल्जियम, पोल्यान्ड, इस्टोनिया, लात्भिया, द चेक रिपब्लिक र स्लोभाकियाले पनि युक्रेनमा एन्टि ट्यांक हतियार, एन्टि एयरक्राफ्ट मिसाइल, गोली, बारुद, इन्धन, हेल्मेट, बढी आर्मर र खाद्यान्न पठाएका छन् ।

यतिबेला पश्चिमेली देशहरुको आक्रामक भनाइ पछि पुटिनले देशका आणविक सेनालाई ‘विशेष सर्तकता’मा राखेका छन् । तर यसको अर्थ रुसले तत्कालै आणविक हतियार प्रयोग गर्छ भन्ने पनि होइन ।

पूर्वी युराेपमा नेटाेसँग धेरै सेना किन छन् ? 

उत्तरमा बाल्टिक गणतन्त्रदेखि दक्षिणमा रोमानियासम्म फैलिएको नेटोसँग पहिले नै सेनाहरु छन् र युद्ध चर्केपछि अब थप सेनाहरु तैनाथ गर्दैछ । तिनीहरु त्यहाँ २०१४ मा रुसले क्रिमिया लिएपछि त्यहाँ राखिएका थिए र रुसी आक्रमणको मामिलामा ट्रिपवायरको रुपमा कार्य गर्न डिजाइन गरिएको थियो ।

नेटोले अब रुस र युक्रेनको सीमानामा रहेका पूर्वी युरोपेली देशहरुमा ४० हजार रेस्पोन्स फोर्स पठाउँदै छ । योसँग उच्च सतर्कतामा १ सय लडाकू जेट र तीन वाहक समूहहरुसहित १२० जहाजहरु छन्, यी सबैले सुदुर उत्तरदेखि पूर्वी भूमध्यसागरसम्म समुद्रहरुमा गस्ती गरिरहेका छन् ।

‘हामी हरेक सहयोगी र नेटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्नेछौं’, गठबन्धनका महासचिव जेन्स स्टोल्टनबर्गले भने । यतिबेला पश्चिमेली देशहरुको आक्रामक भनाइ पछि पुटिनले देशका आणविक सेनालाई ‘विशेष सर्तकता’मा राखेका छन् । तर यसको अर्थ रुसले तत्कालै आणविक हतियार प्रयोग गर्छ भन्ने पनि होइन ।

अमेरिकाले युरोपमा थप सेना पठाउने प्रतिबद्धता गरे पनि राष्ट्रपति जाे बाइडेनले आफ्ना सेनाहरू युक्रेनमा लड्ने नजाने बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष