पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दा दायर
काठमाडौं । अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ । एक किशोरीले दिएको उजुरीको आधारमा उनीविरूद्ध मुद्दा दायर गरेको हो ।
अभिनेता शाहविरूद्ध यसअघि नवलपरासी पूर्वमा पनि मुद्दा दायर भएको थियो । किशोरीले आफूमाथि पटक-पटक बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । एक नाबालिकग किशोरीलाई बलात्कार गरिएको अभियोगमा उनी फागुन १५ मा पक्राउ परेका थिए ।
पीडित किशाेरीले अभिनेता शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । अनुसन्धानको लागि उनलाई प्रहरी कार्यालय तनहुँ राखिएको थियो । अनुसन्धानको क्रममा उनको तीन पटक म्याद थप गरी हिजो मात्रै अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको थियो ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।
शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ९३० को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।
पल शाह प्रकरणको अनुसन्धान सकियो
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया