अस्तित्व खतरामा भए आणविक हतियार प्रयोग हुनेछः रुस

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले अस्तित्व नै खतरामा हुने अवस्था आएमा रुसले आणविक हतियार प्रयोग गर्न सक्ने बताएका छन् । उनले यी हतियारको प्रयोग देशको सुरक्षाका लागि गरिने बताए ।
मंगलबार सिएनएनलाई दिएको एक अन्तर्वाताका क्रममा पेस्कोवले युक्रेनविरुद्धको युद्धमा आणविक हतियारको सम्भावित प्रयोगलाई अस्वीकार गरेका थिएनन् ।
उनले भनेका छन्, ‘देशको सुुरक्षाको विषयमा हाम्रो एक अवधारणा छ, जुन सार्वजनिक नै छ । यदि देशमा जीवन र मृत्युको अवस्था उत्पन्न भयो भने हामी हाम्रो नीतिअनुसार आणविक हतियार प्रहार गर्न सक्छौं ।’
यसभन्दा अगाडि युक्रेन आक्रमणको केही दिनपछि २८ फेबु्रअरीमा भ्लादिमिर पुटिनले रणनीतिक रुपमा आणविक हतियारसहित महत्वपूर्ण हतियारहरुलाई विशेष सर्तक हुन आदेश दिएका थिए ।
President Putin has raised the threat of using nuclear weapons – and his spokesperson Dmitry Peskov refused to rule out their use, in an interview with me tonight. pic.twitter.com/uxQqncLGYN
— Christiane Amanpour (@amanpour) March 22, 2022
तर, पेस्कोभको भनाइलाई विज्ञहरूले यसलाई देशको आणविक नीतिमा आएको परिवर्तनका रूपमा हेर्न नहुने बताएका छन् ।
आइएसइसी पाटनर्स एन्ड एनएसजी सेक्युरका प्रमुख सुरक्षा सल्लाहाकार म्याट टेटले ट्विट गर्दै, ‘कुनै नयाँ कुरा होइन, यो नीति सार्वजनिक रूपमा उपलब्ध छ । आणविक हतियारको कुरा गरेर रुस अमेरिकालाई डरा देखाउन चाहन्छ तर यसमा कुनै परिवर्तन भएको देखिँदैन् । यसको प्रयोगको सम्बन्धमा रुसको नीति फेरिएको जस्तो लाग्दैन ।’
प्रतिक्रिया