निर्वाण चौधरीले दिए गोकुल बाँस्कोटालाई जवाफ
काठमाडौं । चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले घुमाउरो शैलीमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि प्रहार गरेका छन् । उनले ट्वीटमार्फत बाँस्कोटा कसैको प्रभावमा परे सीजी टेलिकमको बारेमा अफवाह फैलाइरहेकोबारे स्पष्टीकरण दिन खोजेको देखिएको छ ।
चौधरीले सीजीलाई लाइसेन्स दिने क्याविनेटको निर्णयपछि बास्कोटा सीजी टेलिकम लञ्चको लागि बार्सिलोनासमेत धाएको प्रसंग जोडदै अहिले कसैको प्रभावमा बास्कोटा परेको कुरा उल्लेख गरेका छन् ।
बास्कोटाले सामाजिक सञ्जालमार्फत ग्रामीण दुरसञ्चार पूर्वाधार विकासका नाममा सीजी टेलिकमले सरकासँग लुटेको रकम फिर्ता गर्नुपर्ने कुरा बताएका थिए । उनले आफू सञ्चारमन्त्री भएको बेला सीजी टेलिकमले सरकारबाट लिएको अनुदान हिनामिना गरेको भन्दै प्रश्न उठाएका थिए ।
निर्देशक चौधरीले भने सीजी टेलिकमविरुद्ध बास्कोटाले अफवाह फैलाएको आरोप लगाउँदै आएका छन् ।
यस्तो छ उनको ट्वीट :
सीजीलाई लाईसेन्स दिने क्याविनेटको निर्णयपछि गोकुल बाँस्कोटा सीजी टेलिकम लन्चका लागि वार्सिलोना समेत धाउनु भाथ्यो त । पछि उहाँलाई कसले के गरेर प्रभाव पा¥यो कुन्नी त्यो पनि कुनै दिन खुल्दै जाला । उहाँ केबाट प्रभावित हुने गर्नु भएको छ भन्ने त दुनियाँलाई जगजाहेर नै छ नी ! pic.twitter.com/3SPhdY5mYc
— Nirvana Chaudhary (@BeingNirvana) March 23, 2022
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया