NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

गोकुल बाँस्कोटाको जिल्लामा एमालेलाई धक्का, प्रभावशाली नेता नै कांग्रेसमा प्रवेश

काठमाडौं । नेकपा एमालेका प्रभावशाली जिल्ला नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस काभ्रोपलाञ्चोकद्धारा धुलिखेलमा आयोजित एक विशेष कार्यक्रममा प्रवक्ता डा.प्रकाशशरण महतले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका जिल्ला नेता तथा कार्यकर्ताहरुलाई पार्टीको सदस्यता वितरण गरे ।

डा. महतले देशको विकास र जनताको सुख समृद्धिको लागि काम गर्ने पार्टी नै नेपाली कांग्रेस भएकोले यसै पार्टीको झण्डामुनि रहेर जनताको सेवा गर्न पार्टी प्रवेश गर्ने नेताहरूले लिएको निर्णय सही भएको बताए ।

कांग्रेसका जिल्ला उपसभापति रमेश हुमागाईका अनुसार नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामकृष्ण हुमागाईँसहित पूर्वगाविस अध्यक्ष साधुराम बडाल , उपाध्यक्ष विष्णुबहादुर बस्नेत , निर्वाचित वडा सदस्य तथा धुलिखेल एमाले नगरकार्यपालिका सदस्य उपेन्द्र हुमागाईँ, नेकपा एमालेका नेता माधवमणि हुमागाईं, जिल्ला सदस्य मुरारी हुमागार्ई , एमाले नगरपालिका सदस्य पुरुषोतम बस्नेत , नगर एमाले नगर सदस्य यादब गौतम ,धनञ्जय हुमागाई, अर्जुनबहादुर भुजेल , रामकृष्ण भुजेल लगायत सयौंको संख्यामा नेकपा एमालेलगायत विभिन्न पार्टी परित्याग गरेका राजनीतिककर्मीहरु कांग्रेसमा गरेका हुन् ।

हुमागाईँ तत्कालीन जिल्ला विकास समितिका सदस्य तथा नेकपा एमालेका पूर्व क्षेत्रीय अध्यक्ष रहिसकेका छन् । उनी नेकपा एमालेका प्रदेश कमिटि सदस्य पनि हुन् । तीन दशक लामोसमयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय हुमागाइँँ भूमि आयोग काभ्रेका जिल्ला संयोजक समेत रहेका थिए ।

स्थानीय निर्वाचनको मुखमा एमालेका प्रभावशाली नेताहरुले पार्टी परित्याग गरेकोले काभ्रे एमालेमा धक्का लागेको बताइन्छ ।

केहि दिन अघि मात्रै धुलिखेल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष निराजन जंगम पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष